'प्रदेश नं. १ सरकारले अस्पतालहरूको नाम संशोधन गर्ने'

४ वर्ष अगाडि

विराटनगर। प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने लगायत ६ वटा विषयमा निणर्य गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ ।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा र सोही मन्त्रालयको विज्ञसहितको राजश्व अध्ययन कार्यदल गठन गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । आज बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको हामी स्वयंसेवी अभियान कार्यविधि, २०७९ पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना