'रूकुमपूर्वमा माओवादीद्वारा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, वडा अध्यक्ष पदका उम्मेदवारसहित ३ पक्राउ'

४ वर्ष अगाडि

बुटवल । रुकुम पुर्वमा एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् ।
रुकमु पुर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ का वडा अध्यक्ष जयकुमार बुढा, उहाँका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो ।
बैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा विवाद भएपछि विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीय डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेका थिए ।
माओवादी कार्यकर्ताको अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरा देखि करिब ४ किलोमिटर माथि जंगलमा कानमा रगत बगेको र निवस्त्र अवस्थामा मृत फेला पारेको रुकुम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार पहाडीले जानकारी दिए ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुने हुँदै आएको छ ।
मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको छ । मृतक बुढाको माओवादी केन्द्रका उम्मेदवार र वडा अध्यक्ष लगायतले बलत्कार गरी बिभत्स ढंगले हत्या गरेको एमाले पोलिटब्युरो सदस्य माधव शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा