'४० करोड काण्डका नाइके पृथ्वीबहादुर शाह चार बर्ष पहिले अवैध कारोवारमा प्रकाउ परेको खुलासा'

४ वर्ष अगाडि

काठमाडौँ । अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा उनी छुटेका थिए ।
यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरु कसैको पैसा ओसारपसार गर्छन् भन्ने बुझिएकाले थप अनुसन्धान भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतको भनाइ छ ।
अवैध अर्थोपार्जन गर्ने उद्देश्यले संगठित गिरोह बनाई नेपालमा प्रतिबन्धित भारु ल्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो । ‘प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएको थियो । गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ फेला परेको हो,’ सीआईबीले उठाएको मुचुल्कामा भनिएको छ, ‘त्यस्तै अर्को दिन ३ जेठमा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद भएका थिए ।

प्रहरी स्रोतका अनुसार ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । त्यतिबेला पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाह पनि थिए । तर, पछि शक्तिको बलमा कमजोर फाइल बनाई अभियुक्तहरूलाई उन्मुक्ति दिइएको थियो ।
त्यो भारु काण्डदेखि यो डलर काण्डका बीचमा उनी अरु पनि शंकास्पद कारोबारमा मुछिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘बीचमा पनि उनीमाथि छानबिन भएको थियो किनकि त्यो बेला पनि ५० करोडभन्दा धेरै रकम उनको खातामा आएको थियो, यो रकमबारे प्रहरीको सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका थिए । तर उनले शक्ति प्रयोग गराएर रकम उम्क्याए ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘पटक–पटक शंकास्पद रकम आउँदा पनि रकम छुटाउन सक्ने गरी उनको पछाडि को छ रु यसको मतलब उनी प्रयोग मात्र भएका हुन्, रकम अरू कसैको हो भन्ने पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।’

कारोबारी शाहको पृष्ठभूमिले नै अर्थमन्त्री जनार्दन शर्माको दाबीलाई खण्डित गरेको छ । शुक्रबार एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री शर्माको भनाइ थियो, ‘राज्य, सरकार, मन्त्री भएपछि मलाई मर्का पर्‍यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन् । अन्याय पर्‍यो भने बोली दिने काम हाम्रो होइन रु’ शर्माले भने जस्तै शाह सोझासिधा व्यवसायी होइनन्, बरु नोटको अवैध कारोबार गर्ने गिरोहका सदस्य हुन् भन्ने प्रहरीकै फाइलले देखाएको छ ।

शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको पनि कारोबार गर्न कम्पनी खोलेको बताए पनि उनको कारोबार यति ठूलो मात्रामा नभएको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । ‘यी कम्पनीहरूको अध्ययन गर्दा देखाउन मात्र खोलिएका हुन् भन्ने निष्कर्ष आएको छ,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘सम्पत्ति शुद्धीकरण गर्नका लागि यी कम्पनीहरू खडा गरिएका देखिन्छन् । खास कारोबार अत्यन्तै न्यून मात्रामा भएको देखिन्छ ।’

नेपाल वा अन्य देशमा भ्रष्टाचार, कर छली वा अन्य गैरकानुनी क्रियाकलापबाट सिर्जना भएको रकम शुद्धीकरणका लागि शाहका नामबाट आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । उता अमेरिकाको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क ९फिनसेन० ले यो रकम तत्काल जफत गर्न र अमेरिका फिर्ता पठाउन राष्ट्र बैंकलाई ताकेता गर्दै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत