'चौथो दिनको खेलमा वडा नं ४ को (क), ५ को (क) र वडा नं १२ को टिम बिजयी'

४ वर्ष अगाडि

बुटवल । देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को चौथो दिनको पहिलो खेलमा वडा नं ८ र वडा नं ५ को क टिम बिच सम्पन्न भएको थियो ।

चौथो दिनेको पहिलो खेलमा वडा नं ८ लाई २६ रनले पराजित गर्दै वडा नं ४ (क) टिम बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको टसमा वडा नं ४ (क) ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ४ (क) ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय १३ रन बनाउन सफल भएको थियो । ११३ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ८ अल आउट हुदै ८६ रन ल्याएको थियो । उक्त खेलमा निशान्त अधिकारी म्यान अफ दि म्याछ घोसित भएका थिए । उनेले ३३ बलमा ३३ रन बनाउन सफल भएका थिए ।

चौथो दिनको दोस्रो खेल दोश्रो वडा नं ७ (ख) र वडा नं ५ (क) बिच भएको थियो । पहिले ब्याटिङ गरेको वडा नं ७(ख) ले ५ विकेट गुमाउदै ९२ रन ल्याएको थियो । ९३ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ५(क) ले ५ विकेट ले जित हासिल गरेको थियो। उक्त खेलमा दिपक शर्मा म्यान अफ दि म्याच घोषित भएका थिए । उनले ४० बलमा ५१ रन हानेका थिए ।

त्यस्तै चौथो दिनको तेश्रो खेल वडा नं १२ र वडा नं ४ (ख) बिच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं १२ ले निर्धारित २० ओभरमा ११७ रन बनाएको थियो । ११७ रनको लक्ष्य लियर मैदान आएको वडा नं ४(ख) ले ६६ रनमा अल आउट भएको थियो । खेल वडा नं १२ ले ५१ रनले जितेको थियो । उक्त खेलमा म्यान अफ दि म्याच सर्वजित केवट भएका थिए । उनले ३२ बलमा ५८ रन र ३ ओभर गर्दै १ विकेट लिन सफल भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा