'मुख स्वास्थ्य उपचारमा खुद्रा ब्यवसायी र आधुनिक समाज डेन्टलबिच सम्झौता'

४ वर्ष अगाडि

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देही र आधुनिक समाज डेन्टल केयर प्रा लि बुटवल बिच मुख स्वास्थ्य उपचारमा सहुलियत सम्बन्धी सम्झौता भएको छ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीसंग आवद्ध करिब एक हजार खुद्रा किराना व्यवसायीहरुलाई मुख स्वास्थ्यको उपचार गर्ने सन्दर्भमा ५० प्रतिशत सम्म सहुलियत छुट प्रदान गर्नेगरि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
बुटवल हस्पिटललाईनमा रहेक्क आधुनिक समाज डेण्टल केयर प्रालिले सहकार्य तथा सम्झौताको प्रस्ताव गरेकोमा खुद्रा किराना व्यवसायी संघ रुपन्देही कार्यसमितिको तर्फबाट उक्त प्रस्तावलाई स्वीकृत गरी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो
सम्झौतापत्रमा आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुसाल र खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहन प्रसाद बस्यालले हस्ताक्षर गरेका थिए।
समयमै मुख स्वास्थ्यको परिक्षण र आवश्यक उपचार गरी मुख स्वास्थ्यको स्थिती सबल राख्न आकर्षण गर्ने हिसाबले यस प्रकारको सम्झौता र त्यसको कार्यान्वयन गरीने प्रतिबद्धता ब्यक्त गरे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत