'पहिलो दिनको खेलमा वडा नं १० र वडा नं १ बिजयी'

४ वर्ष अगाडि

रुपन्देही //  देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को पहिलो खेल वडा नं १० र वडा नं ६ बिच सम्पन्न भएको छ ।

पहिलो दिनको पहिलो खेलमा वडा नं ६ लाई ५८ रनले पराजित गर्दै वडा नं १० बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको टसमा वडा नं ६ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं १० ले निर्धारित १६ ओभर ७ विकेट गुमाउदै १ सय ४० रन बनाउन सफल भएको थियो । १४० रनको लक्ष्य लिएर मैदान आएको वडा नं ६ ले ८२ रनमा अल आउट हुदै ५८ रनले हार ब्यहोर्न बाध्य भएको हो । उक्त खेलमा बिबस खाती म्यान अफ दि म्याछ घोसित भएका थिए । उनेले३७ बल खेली ५८ रन ल्याएका थिए ।

त्यस्तै पहिलो दिनको दोस्रो खेल वडा नं १ र वडा नं २ विच भएको थियो । पहिले ब्याटिङ गरेको वडा नं १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४२ रन ल्याएको थियो । १४२ रनको लक्ष्य लिएर मैदान आएको वडा नं २ ले निर्धारित २० ओभरम ९ विकेट गुमाउदै १०३ रन बनाई ३९ रनले हार ब्यहोर्न बाध्य भएको हो । उक्त खेलमा अर्बर शहा म्यान अफ दि म्याछ घोषित भएका थिए । उनले ३७ बलमा ३७ रन हानेका थिए र संगै ४ विकेट लिन सफल भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत