'भवानीपुरमा एमालेको प्रचार कार्यालय उद्घाटन'

४ वर्ष अगाडि

सुरज भट्टराई, रुपन्देही। नेकपा एमाले देवदह निर्वाचन केन्द्रीत भएको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई अपनाउँदै प्रचार प्रसारलाई प्रभावकारी बनाउन एमाले देवदह नगरपालिका वडा नम्बर ४ ले निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन गरेको हो । देवदह-४, भवानीपुरस्थित कार्यालयको नेकपा एमाले रुपन्देही जिल्ला सचिब यज्ञ गैरेले उद्घाटन गर्नुभयो ।

 

सो अवसरमा बोल्दै गैरेले देउवा नेतृत्वको सरकारले अहिले सम्म जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो। देउवा सरकारले केपी ओली सरकारले ल्याएको बजेट कटौती गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ऋषिराम सापकोटा, क्षेत्रीय सह संयोजक प्रकाश अर्याल, देवदह नगर कमिटी अध्यक्ष टिकाराम चापागाईं, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नेकपा एमाले देवदह नगर कमिटी सदस्य दिपक चापागाईं लगाएतले बोल्दै आउँदो निर्वाचनमा दुई तिहाई मत ल्याएर एमालेले सरकार चलाउने दाबी गरे ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २६ जना एमालेमा प्रबेश गरेको सो पार्टिले जनाएको हो।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी