'सुविधा सम्पन्न फुटबल मैदान बनाउदै तानसेन नगरपालिका'

४ वर्ष अगाडि

जनकराज भट्टराई, पाल्पा। पाल्पामा सुविधा सम्पन्न फुटबल मैदान बन्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको’एक स्थानीय तह एक खेलकुद पूर्वाधार’ कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाले तानसेन नगरपालिका वडा नं ६ कुन्सरे स्थित बगालेमा सुविधा सम्पन्न खेलमैदान निर्माण गर्न लागेको हो । ट्रयाक रुट सहितको फुटबल मैदान, स्विमिङ पुल, इन्डोर खेल खेल्न मिल्ने खेलकुद पूर्वाधार निर्माण गर्न तानसेन नगरपालिकाले माग गरेको र युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत भएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।

सुविधा सम्पन्न खेल मैदानका लागी यस आर्थिक वर्षमा ९० लाख रुपैया बिनियोजन भएको नगरप्रमुख शाहीले बताउनुभयो । खेलमैदान निर्माण योजनाको लागत तिन करोड सत्तरी लाख पन्चासी हजार रुपैंया रहेको छ । योजना सम्पन्न गर्न तानसेन नगरपालिकाले ६० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण गर्ने भएको हो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा