'म्यादी प्रहरीलाई बेतको लौरोको बजेट कटौती'

४ वर्ष अगाडि

काठमाडौँ — सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेको छ । ‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ मा प्रत्येक म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराइने उल्लेख छ ।

 

‘म्यादी प्रहरीले नेपाल प्रहरीले प्रयोग गर्ने बेतको लाठी पोसाकको अंगका रूपमा प्रयोग गर्ने छन्’ भनिएको छ । तर, बेतको लाठीका लागि भने छुट्टै बजेटको व्यवस्था गरिएको छैन ।

http://www.facebook.com/uniquephotography42

प्रहरी प्रधान कार्यालयले १ लाख म्यादीका लागि ४० दिन कार्यावधि तोकेर मासिक आधारभूत तलब २२ हजार ६ सय ६० गरी एकमुष्ट ३० हजार २ सय ४०, पोसाक भत्ताबापत् एकमुष्ट ६ हजार, रासन भत्ताबापत् एकमुष्ट ७ हजार २ सय र यातायात भाडा एक पटकका लागि एक हजार उपलब्ध गराइने गरी आवेदन खुलाएको छ । तर, कार्यविधिमा उल्लेख गरिएको एक लाख बेतका लौरोलाई भने पोसाकको अंगमा गाभेर खर्च कटौती गरिएको छ ।

प्रहरीका लागि १ हजार बेतको लौरो खरिद गर्न २० लाख रुपैयाँ बजेट आएको र म्यादीका लागि चाहिने लौरोबारे कुनै सम्बोधन नभएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए । ‘कार्यविधिमा हरेक म्यादीका लागि एक–एक बेतको लौरो उपलब्ध गराउनुपर्ने भन्ने छ तर लौरोका लागि बजेट आएन,’ उनले भने, ‘अब विकल्पका रूपमा अरू नै लौरोबाट काम चलाउनुपर्ने स्थिति आयो ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो