'समाजिक सेवा समूह फाउन्डेसन नेपाल बुटवल साखाको अध्यक्षमा रोहित वाग्ले निर्वाचित'

४ वर्ष अगाडि

रुपन्देही // समाजिक सेवा समूह फाउन्डेसन नेपाल बुटवल साखाको प्रथम अधिवेशनबाट अध्यक्षमा रोहित वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार बुटवल स्थित अमरपाली कटेजको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट वाग्ले निर्वाचित हुनुभएको हो । फाउन्डेसनको उपाध्यक्षमा विष्णु मगर र बालकृष्ण भण्डारी , सचिवमा मदन पोखरेल र कोषाध्यक्षमा विमल पन्थी सर्वसहमतिले चयन हुनुभएको हो । अधिवेशनबाट वाग्ले अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनेको छ ।

कार्यक्रम समाजिक सेवा समूह फाउन्डेसन नेपालको केन्द्रिय अध्यक्ष रबिना राय क्षेत्रीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष रबि बल्लभ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देही शाखाका वरिष्ट उपाध्यक्ष यज्ञ न्यौपाने ‘दिपक’, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष दिपेश मल्ल ,पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनी , समाजसेवी दामोदर सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी