'देवदह – ५ को वडा कार्यालय भवन उद्घाटन'

४ वर्ष अगाडि

सुरज भट्टराई ,रुपन्देही। रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवन सोमबार उद्घाटन गरिएको छ ।

प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले आज उक्त भवनको उद्धाटन गर्दै यहि वडामा आधारभूत अस्पताल  र सडक पुर्वधारको काम अघि बढीरहेको बताए। उनले आँखा अस्पतालको काम सपन्न भएको बताउदै छिटो सञ्चालनमा ल्याउन आग्रह गरे।  साथै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले ५ नं वडा देवदहको केन्द्र बिन्दुको रुपमा रहेको बताए । देवदह भएर बगेको रोहिणी नदिलाई पर्यटकिय नदिको रुपमा विकास गर्नको लागि संघिय , प्रदेश र स्थानिय सरकार अघि बढेको उनले जानकारी दिए।

कार्यक्रममा देवदह नगरपालिकाको उप-प्रमुख विद्या लक्ष्मी गुरुङ ,देवदह नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेलबासेले आफुहरु  देवदह नगरपालिकाको समृद्धिमा केन्द्रीत  रहेको बताए ।कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने टोल विकास संस्था, आमा समूह, विद्यालय स्वास्थ्यकर्मि, स्वयंसेवक, पत्रकार तथा संघ संस्थालाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो।  कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु, राजनितीक व्यक्तित्वहरु , सुरक्षा प्रमुख, स्वास्थ्यकर्मीहरु, संघ संस्थाका प्रतिनिधिहरु, शिक्षकहरु र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष झिल्लु न्यौपानेको अध्यक्षता , बैकुण्ठनगर टोल विकास संस्थाका अध्यक्ष कृष्ण हरि सापकोटाको स्वागत र वडा सचिब बामदेव पोखरेलको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत