'नेपालकै नमूना तीनमुखे पुलको काम अन्तिम चरणमा'

४ वर्ष अगाडि

गुल्मी । गुल्मी, पाल्पा, स्याङ्जाको संगम स्थल नेपालकै चार धाम मध्यको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुलको काम अन्तिम चरणमामा पुगेको छ । सम्झौता अनुसार लामो समय काम नभएपछि पुलको विषयमा नागरिकस्तरमा आलोचना बढी र आशा कम थियो ।

तर पछिल्लो समयमा भने कामले गति लिएको छ । तिन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा ,गुल्मी ,स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समयदेखि निर्माणकार्य नहुँदा सम्पन्न हुसकेको थिएन ।
तर पछिल्लो केहि महिना यता भइरहेको निर्माण कार्यले अब छिट्टै पुरा हुने देखिएको छ । लामो समय पुलको काम नहुदा समग्र रुरुबासिमा नैरास्यता छाएको थियो ।
ठेकेदार कम्पनीले कहिले बाढी कहिले पहिरो कहिले कोरोना त कहिले आर्थिक अभाव लगायतका यस्तै समस्यालाई देखाउदै समयमै पुलको निर्माण कार्य सम्पन्न हुन सकेन । अहिले प्रत्येक लुठाको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भ¥याङ, रेलिङ निर्माण र झन्डा राख्ने संरचना निर्माणको काम भइरहेको र अबको बैशाख भित्रमै सम्पुर्ण कामहरु सकिने लब्लीना कन्स्ट्रक्सनका निर्माण व्यावसयी सुशान्त यादवले बताए ।
पुलमने बैशाक १ गते भित्र उक्त पुलको उदघाटन गर्ने गरी तयारी भएको उनको भनाई छ । े तीन मुखे पुलको ०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि ०७१ मंसिर १५ गते निर्माण कार्य सुभारम्भ भएको थियो । कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा बन्न लागेको पुल नयाँबाटो –रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थिए।यो पुल संचालनमा आएपछि आन्तरीक तथा बाह्य पर्यटकको घुईचो हुने दखिएको छ । जसले गर्दा स्थानिय व्यावसायीहरु लगाएत अन्य नागरिकहरु समेत हर्सित भएको स्थानीय भिस्म ज्ञवालीले बताए ।
पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोरसंगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत सहयोग पु¥याउने स्थानियको भनाई छ । कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाइ भएको पिल्लर निर्माण भएको छ ।
पुलमा २५ मिटर उचाइ सहितको भ्युटावर, ३ जिल्लाको तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ । यो पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका– १ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका– १४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका– १ रिडी जोडेको छ ।
पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यहि जिल्लामा जान सक्ने डिजाइन रहेको छ । नेपालमै नुमनाको रूपमा रिडिमा तीन मुखे झलुङे पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश