'सञ्चार परियोजनाको ‘ग्लोबल गर्ल्स’ कार्यक्रम समापन'

४ वर्ष अगाडि

ललिता घिमीरे , देवदह // रुपन्देहीको देवदहमा सञ्चालित सञ्चार परियोजनाको ‘ग्लोबल गर्ल्स’ कार्यक्रम समापन भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी सञ्चालित उक्त परियोजनाकाे समापन गरेको हो ।

उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना सोइया महिला स्वाबलम्बि संस्था देवदहको सहकार्य र स्कुल लाइफ इन नेपालको आर्थिक सहयोगमा परियोजना सञ्चालन भएको थियो। परियोजना जनवरी ३० , २०२० देखि फेब्रुअरी १९, २०२१ सम्म भएको थियो । कार्यक्रममा नेपालबाट एक सय जना किशोरीको सहभागिता रहेको थियो ।समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले परोजनाको अवधीमा
किशोरीहरुले आफै बनाएका सम-सामाजिक विषयमा बनाएको भिडियो देखेर विद्यार्थीलाई साच्ची नै उनिहरुको व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने कुरा व्यक्त गर्नुभएको थियो। चापागाईंले सुरुवात देखि आफू उज्यालो लाल्टिनको सल्लाहकार समेत रहेकोले खुशी व्यक्त गर्दै भावी दिनमा पनि आफु संस्था संग सहकार्य गर्दै अगाडि जाने बताउनुभएको थियो ।

नेपालमा रहेका एक सय जना किशोरीहरु र डेनमार्कमा रहेका एक जना किशोरीहरु बिच युवा देखि युवा परिचालन पद्धती अनुसार समाजमा रहेको साँस्कृतिक,सामाजिक असमानतालाई निरुत्साहित पार्न सञ्चारको माध्यमबाट गोलबद्ध भई किशोरिका हकहितमा काम गर्ने यस परियोजनाको मुख्य उद्देश्य रहेको ग्लोबल गल्स प्रोजेक्टका संयोजक युवराज चापागाईंले बताउनु भएको थियो ।

परियोजना अवधिमा परियोजनमा परेका रुपन्देही जिल्लाका १० विद्यालयमा हप्ताको एक दिन १० विद्यार्थीलाई २ स्वयंसेवक परिचालन गरि शिक्षा , स्वास्थय , सामाजिक लगाएतका विभिन्न विषयमा जानकार गराउने जस्तै बाल अधिकार , सामाजिक सञ्जालको कसरी सदुपयोग गर्ने , दिगो विकास, मैनावारी सम्बन्धि , सामाजिक भेदभाव , लैङ्गकि भेदभाव , गुड टच – ब्याड टच आदिको बारेमा सिकाईएको परियोजनाका स्वयंसेवक सुरज भट्टराईले जानकारी दिनुभयो ।

परियोजना सञ्चालन भएका विद्यालय र सो किशोरीहरुको अभिभावकहरूले बेल्दै परियोजना अति नै फलदायी रहेको र यसले समुदायमा राम्रो छाप छोड्न सफल भएको बताएका छन् । कार्यक्रम एक सय किशोरी मध्य खड्ग माध्यमिक विद्यालयको कक्षा ८ मा अध्यनरत छात्रा नन्दनी अग्रहरी को अध्यक्षता र स्वयंसेवक तथा उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य नारायण अधिकारी र वर्षा विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत