'अनेरास्ववियुद्वारा विरोध प्रदशन'

४ वर्ष अगाडि

देवदह // नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार विरोध प्रदर्शन गरेको छ। सरकारको कार्यशैलीको विरोधमा अनेरास्ववियु देवदह नगर कमिटीले उक्त विरोध प्रदर्शन गरेको हो।

देवदहको खैरेनी स्थित बुद्ध चाेकमा भेला भएका अनेरास्ववियुका विद्यार्थीहरूले सरकारकाे चर्को विराेध गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनमा ‘परमादेशको सरकार मुर्दाबाद, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, कठपुतली सेटिङको सरकार मुर्दावाद’जस्ता सरकारविरुद्ध चर्का नारा लगाइएको थियो।

विरोध प्रदशनमा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य तथा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य कृष्ण पौडेल, नेकपा एमाले देवदह नगर कमिटी सदस्री विष्णु पाण्डे, अनेरास्ववियु रा.प.स सदस्य नवीन गैरे, अनेरास्ववियु जिल्ला कमिटी सह-सचिब अर्जुन गैरे, अनेरास्ववियु जिल्ला सदस्य तथा नगर कमिटी ईन्चार्ज सुरज भट्टराई, जिल्ला सदस्य एलिना हमाल ,अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपाने, देवदह न.पा  राष्ट्रिय युवा संघ नेपाल वडा नं ४ का अध्यक्ष आशिष पोखरेल लगाएत अनेरास्ववियु देवदह नगर कमिटीका विद्यार्थीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो