देवदह // देवदह उद्याेग वाणिज्य संघकाे अध्यक्षमा हरी भण्डारी सर्व सम्मत रुपमा चयन भएका छन् । साताैं वार्षिक साधारण सभा तथा तेस्राे अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।
समतिको उपाध्यक्षमा मिना श्रेष्ठ र रमेश चन्द्र गैरे निर्वाचित भएका छन् । समितिको महासचिवमा विष्णु न्याैपाने, सचिवमा अजय भण्डारी, कोषाध्यक्षमा सन्ताेष नारायण श्रेष्ठ निर्वाचित भएका हुन् । सदस्यहरुमा कृष्ण शाही, दिपेन्द्र वराल, चाेलिमाया झेडी, पुजा ढुङ्गाना, कमला अर्याल, बन्दना न्याैपाने, केशव पराजुली, दिपक पाैडेल र पर्शुराम उपाध्याय निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा दुर्गा नारायण डुम्रे , गाेपी चन्द्र तिवारी र दिपेश अर्याल लेखा समिति सदस्यमा चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0