'सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल व्याडमिन्टन प्रतियोगीताको उपाधी मगर र ठकुरीको जोडीलाई'

४ वर्ष अगाडि

सुरज भट्टराई,देवदह ।  सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल ब्याडमिन्टन प्रतियोगितामा पाल्पाका तुल्सी पाँडे मगर र राजेन्द्र ठकुरीको जोडी च्याम्पियन भएको छ । श्री जन जागरण युवा क्लब देवदह ४ सिगाँहाको आयोजनामा उक्त व्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो।

सिगाँहा ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा परासीका उमेश डङोरिया र आकाश कठरियाको जोडीलाई पराजित गर्दै सो जोडीले प्रतियोगिताको उपाधि जितेको हो । २१–१३, र २१–१५ को सोजो सेटमा मगर र ठकुरीको जोडीले विजयी हासिल गरेको हो । त्यस्तै बर्दघाटका अनिल चौधरी र जयस कश्यव  र भलुहिको चन्द्र घर्ती र दिपक खत्रीको जोडि तेश्रो भएका थिए । उक्त प्रतियोगितामा ४५ टिम सहभागीता रहेको क्लबका सदस्य सन्दिप तिवारीले जानकारी दिनुभएको थियो ।

विजेता खेलाडीहरूलाई समाजसेवी तिल बहादुर थापा, सहिद दुर्गा तिवारीको दाजु तथा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका संरक्षक चक्रपाणि तिवारी, आयोजक क्लबका अध्यक्ष अजय चापागाईं र अन्य अतिथिले प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार , दोस्रो हुनेलाई १० हजार रुपैयाँ र तेश्रो हुनेले ५ हजार रुपैयाँ , ट्रफि र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतियोगिता देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद समितीका संयोजक दिपक चापागाईंको प्रमुख आतिथ्यता,  क्लबका अध्यक्ष अजय चापागाईंको अध्यक्षता र  क्लबका उपाध्यक्ष गोपाल पाण्डेको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो