'लायन्स क्लव अफ देवदहले पिस पोष्टर आयोजना गर्ने'

५ वर्ष अगाडि

देवदह // लायन्स क्लव अफ देवदहको नियमित बैठक सम्पन्न भएको छ । क्लवको अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षता र संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन विष्णु प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले लायन्स क्लव इन्टरनेशनलले हरेक वर्ष आयोजना गर्ने पिस पोस्टर कन्टेन्स लायन्स क्लव अफ देवदहले पनि यहि कात्र्तिक २६ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो । ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरुको मात्र सहभागीता रहने उक्त कार्यक्रममा क्लवले देवदह नगर भित्र रहेका सम्पूर्ण विद्यालयहरुको बिचमा सो प्रतियोगिता आयोजना गर्ने र उक्त कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई डिष्ट्रिक्टमा प्रतिस्पर्धाको लागि पठाइनेछ । यस कार्यक्रममा बालबालिकाहरुले शान्ति र शान्तिको महत्व र विश्व शान्तिको लागि बालबालिकाहरुको धारणाहरु चित्र मार्फत उजागर गर्नेछ । डिष्ट्रिक्टमा छनौट भएको बालबालिकाहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि छनौट हुनेछ र अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा विजय हुने बालबालिकाले पाँच हजार अमेरिकी डलर तथा दुई जना अभिभावक सहित पुरस्कार समारोहमा निशूल्क सहभागी हुन पाउने क्लवका अध्यक्ष थापा मगरले जानकारी गराउनुभयो । साथै उत्कृष्ट २३ भित्र पर्ने बालबालिकाहरुले पाँच सय अमेरिकी डलर र प्रमाणपत्र प्राप्त गर्नेछ । उक्त कार्यक्रम सम्पन्न गर्नको लागि लायन मन बहादुर संयोजक रहेको तीन सदसिय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा लायन शिला मल्ल र लायन गणेश क्षेत्री रहनुभएको छ ।
बैठकले लायन्स भिलेज एडप्टको लागि लायन विष्णु प्रसाद ज्ञवालीको संयोजकत्वमा पाँच सदसिय उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा लायन विष्णु पाण्डेय, लायन हिरालाल कँडेल, लायन टेक बहादुर राना र लायन सन्तोष भट्टराई रहनुभएको छ । बैठकले नेकपा एमालेको प्रथम नगर अधिवेशनमा क्लवको कानुनी सल्लाहकार लायन टिकाराम चापागाई अध्यक्ष, युवा सल्लाहकार लायन दिपक चापागाई नगर सदस्य, सहकोषाध्यक्ष लायन विष्णु पाण्डेय नगर सदस्य, क्लवका डाइरेक्टर लायन टेक बहादुर राना नगर सदस्य जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएको सम्पूर्ण हार्दिक बधाई सहित सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको थियो ।
साथै क्लवले हाल सम्म गरेका कार्यहरुको समिक्षा गरिनुका साथै सम्पन्न हुन बाँकी र अगामी कार्यक्रमहरुको बारेमा छलफल गरि विभिन्न निर्णयहरु समेत गरिएको छ । बैठकमा क्लवका चार्टर प्रेसिडेन्ट लायन विष्णु प्रसाद पौडेल, आईपीपी लायन राम बहादुर गुरुगं लगायतले आफ्नो भनाईहरु राख्नुभएको थियो । क्लवका पूर्व अध्यक्ष तथा पदाधिकारी, बोर्ड तथा साधरण सदस्यहरुको उपस्थिती रहेको बैठकमा क्लवका तृतीय उपाध्यक्ष लायन कृष्णराज पौडेलको स्वागत र सचिव लायन सिर्जना ओली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी