'कपिलवस्तुको गडगडवामा कोल्ड स्टोर सन्चालनमा'

५ वर्ष अगाडि

कपिलबस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ६ गडगडवामा कोल्ड स्टोर सन्चालनमा आएको छ।
लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयको ५० प्रतिशत अनुदानमा कुल २ करोड ६० लाख लागतको गुमानसिङ्ग कोल्ड स्टोरेज प्रालि संचालनमा आएको हो। उक्त प्रालीको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले सोमवार उद्घाटन गर्नुभयो।

यस क्षेत्रमा कोल्ड स्टोरको आभावमा कृषकले धेरै नोक्सानी बेहोर्नुपर्ने समस्यालाई ध्यान दिदै २ वर्ष अघि प्रदेश सरकार कृषि मन्त्रालयले गुमानसिङ कोल्ड स्टोरेज प्रालि लाई अनुदान सुनिश्चित गरेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो ।
कोल्ड स्टोर सन्चालनमा आए सङ्गै यस क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी फलफुल उत्पादन गरेर आफुलाइ अनुकुल समयमा बिक्री बितरण गर्न सक्ने छन भने उत्पादन समयमै बिक्री नभएर कुहिदा ब्यहोनुपर्ने आर्थिक नोक्सानीबाट पनि उत्पादक कृषकलाई ठुलो राहत हुने छ ।

कुल ३ सय ५० मेट्रीक टन भण्डारण क्षमता भएको कोल्ड स्टोरमा यस क्षेत्रका कृषकले सर्वसुलभ शुल्कमा आफ्ना उत्पादन चिस्यानका लागि भण्डारण गर्न सक्ने गुमानसिङ कोल्ड स्टोरेज प्रालिका सन्चालक अच्युत टण्डनले बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो