'बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर'

५ वर्ष अगाडि

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिपर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

घाइते हुनेहरुमा चालक रिब्दीकोट गाउँपालिका, पाल्पाका ३४ वर्षीय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षीय युवा रहेका छन् । पूर्ण विवरण नखुलेका ३२ वर्षीय युवाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

टिप्पर सडकबाट तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ