'करेसाबारी महोत्सव सम्पन्न'

५ वर्ष अगाडि

देवदह // सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिले प्रथम चरणको करेसाबारी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीबाट प्रभावीत विपन्न तथा सिमान्तकृत समुदायका महिलाले अर्गानिक करेसाबारीबाट उत्पादित तरकारीले पोषण यूतm खानाको सुनिश्चितता गर्ने उदेश्यले भाद्र २९ देखि अश्विन १ गते सम्म महोत्सव सञ्चालन गरिएको थियो ।
महोत्सवमा देवदह नगरपालीका वडा न.ं १, ३ ,४, ८ र १० का महिलाहरुले आपूmले करेसाबारी कार्यक्रम अन्तर्गत सिकेका भोगाई र अनुभव साटासाट गरेका थिए ।
“सधै तरकारी किनेर खानुपथ्यर्यो, कमाएको पैसा सबै तरकारीमा जान्थ्यो , अहिले ५००० को खुसानी मात्र बेचे । गोलभेडा तयार छ । अहिले किन्नु पर्दैन” चाहना महिला बचत समुहका सदस्य माया सुनारले बताउनुभयो ।
महोत्सवमा ६२५ जना महिलाहरुलाई कृषि औजार, तरकारी रोप्ने आधुनिक झोला वडाध्यक्षहरुको उपस्थिीतिमा सोइया महिला स्वाबलम्बी संस्था देवदह रुपन्देहिका अध्यक्ष मिरा भुजेलले वितरण गर्नुभएको थियो ।
करेसावारी कार्यक्रम अन्तरर्गत यस अघि देवदहका महिलाहरुलाई अर्गानीक खेति तर्पm आकर्षित गर्न मल , विउ विजन, कृषि तालीम, कृषि औजार र सिचाईको उचित प्रवन्ध मिलाई सामुहिक खेती गरि महिलाहरुलाई शसक्त र आत्मनिर्भर बनाउनका संस्था लागी परेको सोइया महिला स्वावलम्बी संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताउनु भयो ।
लक्षित समुहका सहजकर्ताले आपैm कृषि र पोषणको तालीम सञ्चालन गर्ने , वचतका कार्यक्रम निरन्तरता दिदै जमिन नै नहुनेलाई भर्टिकल गार्डेन( बोरामा गरिने खेति ) मार्पmत अर्गानिक खेतिमा जागरुक बनाईएको करेसाबारी कार्यक्रमका संयोजक राहुल खड्काले जानकारी दिनुभयो ।
CIVIL SOCIETY FUND (CISU) / NOVO डेनमार्कको आर्थिक सहयोगमा सञ्चालित करेसाबारी कार्यक्रममा देवदहका बाकी वडाहरुमा पनि करेसावारी महोत्सव गरी उत्कृष्ट महिला कृषकहरुलाई पुरस्कृत गरीने र सोइया महिला स्वावलम्बी संस्था सदैव कमजोरहरुको साथमा रहने संस्थाका अध्यक्ष मिरा भुजेलले बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो