'पोखरीमा लुकाई राखेको ५ लाख बढीको काठ बरामद'

५ वर्ष अगाडि

कपिलवस्तु। कपिलवस्तु प्रहरीले पोखरीमा लुकाई राखेको रु ५ लाख बढीको अबैध काठ बरामद गरेको छ। जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ७ गेढुवाजोतबाट पोखरीमा लुकाई राखेको २४ गोलिया (१५० क्युफिट) सिसौ जातको काठ गएराती साढे १२ बजे बरामद गरेको हो । उक्त काठको मूल्य करिब ५ लाख २५ हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

काठ कस्ले लुकाएको भन्ने एकिन नभएपनि कृष्णनगर नगरपालिका वडा नं. १ बढया बस्ने पराग चौधरीको पानी पोखरीमा उक्त काठ रहेको थियो । काठलाई आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी