'“नो मास्क, नो मुभमेन्ट अभियानले” तिव्रता पाउदै'

५ वर्ष अगाडि

सुरज भट्टराई , देवदह । रुपन्देहीको देवदह नगर भरीका विभिन्न स्थानमा “नो माक्स , नो मुभमेन्ट” अभियान अन्तर्गत पाचौं दिन आज भलुही चोकमा सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, कामना सेवा विकास बैंक र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अभियानमा बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर गर्दै यात्रु, सर्वसाधरण र सवारी चालकलाई निशुल्क माक्स वितरण गरी अनिवार्य मास्कको प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर कंडेलले बताए ।

अभियानको पहिलो दिन खैरेनी चोकमा, दोश्रो दिन शित्तलनगर चोक , तेश्रो दिन भवानीपुर चोक र चौथो दिन भने ढेकावर ६ नं चोकमा गरिएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गंगा सारुले बताए । अभियानले ‘म पनि माक्स लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश दिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा