एमालेको स्थायी र केन्द्रीय कमिटीका बैठकहरु आज बस्दै

२५ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाउनुभएको छ ।

बिज्ञापन

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभएको छ । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

बैठकमा दशौं महाधिवेशनको तयारी केन्द्रित निर्णय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । ‘वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुन्छ । विधान अधिवेशन पनि तोकिएकाले त्यो निर्णय पनि हुन्छ’, भट्टराईले भन्नुभयो । भदौ अन्तिम साता विधान अधिवेशनको मिति तय गरिएको छ ।

अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् । गएको शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । तर सहमति नजुटेसम्म ओलीले बोलाएको बैठकमा नजाने यो समूहका नेताहरुले अडान लिदै आएका छन् ।

बिज्ञापन

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर