'सन्देशका ३ गजल'

५ वर्ष अगाडि

वृक्ष आफू काटिन्छ उसले फल्न छोडे!
बाँच्न दिदैन समाज रङ बदल्न छोडे!

अबको यात्रा काँडामा टेकेर हिड्नुछ
ज्यान जोखिममा पर्छ चप्पल नछोडे!

मैले म हुनुको अस्तित्व गुमाउनु पर्नेछ,
तिम्रो यादमा तड्पिने अम्मल नछोडे!

बले जिउँदै मर्छन् निर्दोष पुतलीहरु,
गाउँ अन्धकार हुन्छ टुकी बल्न छोडे!

अपांग सन्तान सँगै भोकभोकै मर्नेछन्,
बा थला, आमाका पाखुरा चल्न छोडे!

 

२.
नपुग्दै शिखरमा ढलेकाहरूले
छरे के उज्यालो बलेकाहरूले?

सिसाझै फुटेको छ यो भाग्य तेरो
भनेनन् खरानी दलेकाहरूले

अगुल्टो र प्रेमी नठोक्नू जलिन्छ
सुनेनौ भनेको जलेकाहरूले

गरे धीरता नै सफलता बटुल्न
शिखर त्यो चुमेछन् गलेकाहरूले

बजारमा कसैको गजल बेचिएछ
मुनाफा कमाए चलेकाहरूले

३. असाध्यै छ आकाशमा डर मलाई
चरा भन्छ दे पिञ्जडा घर मलाई
छुरा रोप्न आफन्त नै अग्रसर छन्
बुझोस् को यहाँ दु:खको मर्मलाई
सिसाको महलमा बसेकोछ आफू
कसैले बनाएर पत्थर मलाई
म रोएँ भने आँसु सङ्गै बगौला
नदेऊ तिमीले त्यो अवसर मलाई
पिएको छु जीवन पिएकै छु पीडा
नलाऊ नशा पिउन क्यै कर मलाई

©सन्देश ज्ञवाली

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित