'प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुखमा नियुक्त'

५ वर्ष अगाडि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को आजको बैठकले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियो ।

मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो। अघिल्लो सरकारले वहाँलाई गत वैशाख २० गते हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो भने लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । गण्डकीका प्रदेश प्रमुख नियुक्त हुनुभएका गुरुङ चितवनको कांग्रेस नेता हुनुहुन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो