'उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता'

५ वर्ष अगाडि

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई प्रदान गरेको हो । आयोगले आजको गरेको कार्यकारिणी सदस्यको हेड काउन्टबाट यस्तो निर्णय गरेको हो ।

५१ सदस्यीय कार्यकारिणी समितिको हेड काउन्टमा यादव पक्षमा ३४ सदस्य, ठाकुर पक्षमा १६ र एक जना तटस्थ रहेका हुन् । रेशम चौधरी तटस्थ रहेका हुन् । ३४ कार्यकारिणीको हस्ताक्षर सहित यादव पक्षले आधिकारिकता प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सहितको ५ सदस्यीय इजलास गठन गरेको इजलासले यसतो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत