Pixel wave advertisement

'देवदह बुद्ध पब्लिक आवासीय माविमा दशैँ विशेष कार्यक्रम सम्पन्न'

असोज २८, २०८३

संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै पुर्खाको सांस्कृतिक नासो साना बालबालिकामा हस्तान्तरण गर्ने उद्देश्यले देवदह–५, खैरेनीस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले पूर्वप्राथमिक तहमा दशैँ विशेष कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख डुण्डिराज मरासिनीको संयोजन तथा पूर्वप्राथमिक तहकी इन्चार्ज मनमाया रुचालको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन शिक्षिका सृष्टि विश्वकर्माले गर्नुभएको थियो।

Advertisement

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले पाठ्यक्रमका अतिरिक्त संस्कार र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विजया दशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा सबैको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

Advertisement

त्यसैगरी, विद्यालयकी सहायक प्रिन्सिपल रोशी गुरुङले शुभकामना व्यक्त गर्दै साना बालबालिकालाई टीका, दक्षिणा र जमरासहित शुभकामना पत्र तथा बालदर्पण पत्रिका प्रदान गर्नुभएको थियो।

स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम रङ्गीचङ्गी पोसाकमा सजिएका बालबालिकाको सहभागिताले उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा पूर्वप्राथमिक तहका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

विद्यालयले यस्ता कार्यक्रममार्फत बालबालिकालाई नेपाली मौलिक संस्कार, संस्कृति र चाडपर्वको महत्त्व बुझाउँदै सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम सम्पन्न

देवदह बुद्ध पब्लिकमा शुभकामना आदानप्रदान कार्यक्रम

रोटरी क्लब अफ देवद्वाराद्वारा १० लाख रुपैयाँ बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री हस्तान्तरण

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा पुग्दा कारोबार ४ अर्ब ७० करोड

तिब्बती भाषा अध्ययनका लागि भारत लैजाँदै गरिएका २५ बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

चार दिनमै सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

मोरङका छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु

चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालक पक्राउ