Pixel wave advertisement

'नेप्से ४ अंकले बढेर २५९५ अंकमा पुग्यो, कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित'

असोज २६, २०८३

सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ ।

Advertisement

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज १०५ कम्पनीको मूल्य बढ्दा १६५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

Advertisement

आज सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह १.०२ प्रतिशत बढ्यो ।
जीवन बीमा ०.०५, विकास बैंक ०.५३, फाइनान्स ०।२१ प्रतिशत बढे ।

Advertisement

होटल तथा पर्यटन ०.८७, जलविद्युत् ०.४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०.१९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटे ।

धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । स्नो रिभर्सको १३.९२, बुंगल हाइड्रोपावरको ४.७५, सुपर माइ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य बढ्यो ।

रिजलाइन इनर्जीको ६.२९, टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२, होटल फरेस्ट इनको ४.०१, नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

महामाया भवानी माविमा शिक्षक कर्मचारी बिदाइ तथा चाडपर्वको शुभकामना कार्यक्रम

सङ्खुवासभामा गाउँपालिकाको एम्बुलेन्स तोडफोड, १८ र १९ वर्षका तीन युवक पक्राउ

देवदहमा रजोनिवृत्तिसम्बन्धी सचेतना तालिम सुरु, ग्रामीण महिलाको स्वास्थ्यमा जोड

नवलपरासीमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

बाढीले पुल भाँचिएपछि आरुघाटमा बेलिब्रिज राख्ने तयारीमा नेपाली सेना

तनहुँमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

मुगुमा सुक्खा पहिरोले एक्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गर्दै