'आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा'

२ घण्टा अगाडि

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको विक्रीमा ठूलो घाटा व्यहोर्नु परेको तथ्यांक प्रस्तुत गरेको छ । भारतबाट खरिद गरिएको मूल्यभन्दा कममा बेच्नुपर्दा घाटा भएको निगमले जनाएको हो ।

आज जारी प्रेस विज्ञप्तिअनुसार निगमले ३१ मार्चमा प्राप्त मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु. २२१.३२, डिजेल रु. २९४.९९, मट्टीतेल रु. २४३.७० मा खरिद गरिरहेको छ ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. २५७.९२, बाह्यतर्फ २६३.९ र एलपी ग्यास २,३४१.२५ रुपैयाँको दरले खरिद गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

हालको विक्री मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर रु. २.३२, डिजेलमा रु.८७.९९ र मट्टीतेलमा रु. ३६.७० घाटा भइरहेको निगम बताउँछ । यस्तै, हवाइ इन्धन आन्तरिकमा रु. ०.९२ र बाह्यमा ६.५२ डलर तथा एलपी ग्यासमा रु. ३३१.२५ घाटा भइरहेको आँकडा छ ।

यसअनुसार आयल निगमले पछिल्लो १५ दिनमा पेट्रोलमा ७ करोड ६८ लाख, डिजेलमा ७ अर्ब २३ करोड ९३ लाख, मट्टीतेलमा ३ करोड १७ लाख घाटा व्यहोरेको छ । यस्तै, हवाइ इन्धन आन्तरिकमा २४ लाख, बाह्यमा ३ करोड ८४ लाख र एलपी ग्यासमा ५० करोड ४३ लाख घाटा भएको छ । कुल मिलाएर १५ दिनमा ७ अर्ब ८१ करोड ६१ लाख घाटा व्यहोरेको निगम बताउँछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै