'ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत'

१० मिनेट अगाडि

ललितपुरको पटनस्थित दरबार स्क्वायरमा बुधबार भएको विभत्स हत्यापछि धारिलो हतियारसहित भागिरहेका कसुदारलाई नियन्त्रणमा लिने प्रहरी महिला पुरस्कृत भएकी छन् ।

इमाडोलका सिर्जन नेम्वाङ र सुमित नेम्वाङलाई चक्कु हानेर हत्या गरेपछि चक्कुसहित भागेका सञ्जीव नेपालीलाई प्रहरी प्रभाग, मंगलबजारमा कार्यरत प्रहरी जवान साहाना बोहराले नियन्त्रणमा लिएकी थिइन् ।

उनलाई शुक्रबार जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले नगर पुरस्कारद्वारा पुरस्कृत गरेका छन् । उनले साहसिक कार्य गरेको भन्दै पुरस्कृत भएको एसएसपी बोगटीले बताए ।

सहानाको साहसिक काम यस्तो थियो
प्रहरी देख्नासाथ कृष्ण मन्दिरको पछाडितिरबाट सञ्जीव भागिरहेका थिए । बाटोमा प्रहरी जवान साहाना र एक पुरुष लाठी बोकेर ड्युटीमा तैनाथ थिए । त्यसमध्ये साहाना सञ्जीवको पछिपछि दौडिइन् । करिव २०० मीटरसम्म लखेटेपछि हातमा चक्कु बोकेका सञ्जीवसँग ती साहाना आमनेसामने भइन् ।

त्यसपछि उनले चक्कु बोकेको हातमा करिव चार–पाँच पटक लाठीले हानिन् । चक्कु भुइँमा खस्यो । सञ्जीव एउटा रेष्टुरेण्टमा लुक्न पुगे । साहाना प्रहरी रेष्टुरेण्टभित्रै छिरिन् । सञ्जीवलाई नियन्त्रणमा लिँदा साहानामाथि दुव्र्यवहारको प्रयास गरेका थिए । तर, वरिपरि भएका मानिसले साथ दिँदा साहाना उनलाई पक्राउ गर्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी