'बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया'

३१ सेकेन्ड अगाडि

बुटवल । नेपाल बाल संगठन, रूपन्देहीले अनाथ तथा असहाय बालिकाहरूको सुरक्षित आवास र उज्ज्वल भविष्यका लागि ‘बाल गृह’ सञ्चालनको गृहकार्य सुरु गरेको छ। यसै सन्दर्भमा संगठनले शुक्रबार बुटवल बाल मन्मादिरमा रूपन्देहीका विभिन्न पालिकाका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ, बालअधिकारकर्मी र सरोकारवाला संघ-संस्थाहरूसँग बृहत् अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रममा सामाजिक जिम्मेवारी, बाल संरक्षण र प्रभावकारी व्यवस्थापनका विविध पक्षमा छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले बाल गृह सञ्चालन अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो। उहाँले असहाय बालबालिकाको संरक्षण राज्यको प्राथमिक दायित्व भए पनि संविधान र ऐन–नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुःखद रहेको टिप्पणी गर्नुभयो। “यस्ता कार्यहरू राज्यले नै जिम्मेवारीपूर्वक गर्नुपर्ने हो, तर विभिन्न बाधा–अवरोधका कारण व्यवहारमा लागू हुन सकेको छैन,” उहाँले भन्नुभयो। यस्तो अवस्थामा बाल संगठनले थालेको पहल सकारात्मक सुरुवात भएको उहाँको धारणा थियो। उहाँले वर्तमान नेतृत्वमा विश्वासको संकट देखिएको उल्लेख गर्दै सामाजिक क्षेत्रमा इमानदार, पारदर्शी र स्वार्थरहित नेतृत्वको खाँचो औंल्याउनुभयो। “अविश्वास र शंकाबीच पनि इमानदारीपूर्वक समाज सेवामा समर्पित हुनु आजको मुख्य चुनौती हो,” उहाँले थप्नुभयो।

कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बालबालिकाको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै उपलब्ध स्रोत-साधनको अधिकतम उपयोग गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संस्थाका केन्द्रिय सदस्य तथा कपिलबस्तु जिल्ला सभापति गोपाल प्रसाद ज्ञवालीले हाल बाल संगठनको संरक्षणमा करिब तीन सयदेखि साढे तीन सयसम्म बालबालिकाहरू रहेको जानकारी दिनुभयो।

अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले बाल गृह सञ्चालनका लागि प्राविधिक, कानुनी तथा आर्थिक पक्षमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए। साथै स्थानीय तह र बाल संगठनबीच समन्वय गरी बालिकाहरूको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको थियो। विभिन्न पालिकाका प्रतिनिधिहरूले आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा बाल संगठनका केन्द्रीय सदस्य, जिल्लाका  पूर्व अध्यक्ष तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले अनाथ बालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको औंल्याएका थिए। बाल संगठन रुपन्देहीका मेघदेव पन्तले प्रस्तुत गरेको कार्यपत्रमा जिल्ला शिक्षा इकाईका विष्णु पन्थी तथा सामाजिक डिभिजन कार्यालय भैरहवाका प्रमुख हरी विष्टले टिप्पणीगरेका थिए ।  उक्त कार्यक्रम संस्थाको जिल्ला उपसभापति कल्पना पाडे मगरको स्वागत र सचिव शालिकराम पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना