'देवदहमा विद्यालयस्तरीय कविता प्रतियोगिता, रुमानी काफ्ले प्रथम'

१ महिना अगाडि

देवदह । “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर” राष्ट्रिय नारासहित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस–२०८२ को अवसरमा देवदह नगरपालिकाले विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ। देवदह नगरपालिकाको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, कार्यपालिका सदस्य, विभिन्न समितिका सदस्य तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख खरेलले महिला अधिकार र समानता सुनिश्चित गर्न सबै तहबाट संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले महिलाको सशक्तीकरण बिना समृद्ध समाजको कल्पना गर्न नसकिने उल्लेख गर्दै महिला र बालिकालाई शिक्षा, अवसर र नेतृत्वमा अघि बढाउन स्थानीय तह प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
प्रतियोगितामा केरवानी माध्यमिक विद्यालयकी रुमानी काफ्ले प्रथम हुन सफल भइन्। यस्तै ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयकी सुनामी गैरे द्वितीय, न्यू लुम्बिनी ई.बो. स्कूलकी निर्वना थापा तृतीय स्थान हासिल गर्न सफल भइन्। त्यसैगरी युगज्योति माध्यमिक विद्यालयकी निरिसा चौबे र लक्ष्मी आधारभूत विद्यालयकी रक्षा ज्ञवाली ले सान्त्वना स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद १२ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई नगद ९ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने दुई जनालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
महिला अधिकार, समानता र सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनशीलता विकाससँगै सामाजिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान