'रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर'

२ महिना अगाडि

देवदह । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै रुपन्देही क्षेत्र नं. १ मा चुनावी सरगर्मी निकै चुलिएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका नेता दधिराम न्यौपानेलाई यतिबेला घरदैलो भ्याई नभ्याई छ । यसै क्रममा आज देवदह र तिलोत्तमा नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलोका क्रममा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको सो पार्टीले जनाएको छ । विशेष गरी जेष्ठ नागरिकहरूले न्यौपानेलाई विजयको शुभकामना दिँदै एमाले सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता र विकासका काम बिर्सिन नसकिने बताएका थिए । अर्कोतर्फ, नयाँ पुस्ता अर्थात् जेन्जी युवाहरूमा पनि एमाले र न्यौपाने प्रति विशेष आकर्षण देखिएको छ । युवाहरूले देशको आर्थिक समृद्धि र रोजगारीका लागि एमालेकै नेतृत्व आवश्यक रहेको भन्दै उम्मेदवार न्यौपानेलाई साथ दिने प्रतिबद्धता जनाएका छन ।

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले सुकुम्बासी समस्या समाधान, भन्सार नाकाको स्तरउन्नती र सडक पूर्वाधारलाई मुख्य प्राथमिकता दिने बताउनु भएको छ । उहाँले हामी केवल आश्वासन होइन, काम गर्न आएको बताउदै समग्र क्षेत्रको मुहार फेर्न सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन आग्रह समेत गर्नुभएको थियो । क्षेत्रको विभिन्न वडाहरूमा एमालेको पक्षमा जनलहर बढ्दै गएको स्थानीय नेताहरूको दाबी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत