'जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश'

२ महिना अगाडि

रुपन्देही–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को माहोल क्रमशः बलियो बन्दै गएको छ। पछिल्लो समय विभिन्न दल परित्याग गर्दै स्थानीय युवादेखि जेष्ठ नागरिकसम्म राप्रपामा प्रवेश गर्ने क्रम बढिरहेको छ।

यसै क्रममा देवदह बाट ६५ जना नेता–कार्यकर्ता तथा समर्थकहरू राप्रपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई रुपन्देही–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रज्ज्वल बोहरा ले स्वागत गर्दै पार्टीले अघि सारेको एजेण्डा जनमुखी र विकासमुखी रहेको बताएका छन्।

कार्यक्रममा बोल्दै उम्मेदवार बोहराले जेष्ठ नागरिकहरूको उपचार प्रक्रियालाई झन्झटरहित बनाउने आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरे। उनले सरकारी अस्पतालमा लाइन, सिफारिस र कागजी प्रक्रियाको झन्झट हटाई सहज र छिटो सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने बताए।

बोहराले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउँदै रुपन्देही–१ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। स्थानीय तहमा देखिएका समस्या समाधानका लागि आफू जनतासँगै रहने उनको भनाइ थियो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य तोयानाथ लम्सालले पार्टीले कसैसँग पनि चुनावी तालमेल नगरेको स्पष्ट पार्दै कुनै अफवाहमा नपरी मतदान गर्न अपिल समेत गर्नुभएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत