देवदह महोत्सव सुरु भएको सोमबार पाचौं दिन मैदान भरि भराउ देखिएको थियो । माघ २९ गते सोमबार देवदह महोत्सवमा चर्चित मोडल तथा लोक दोहोरी गायिका ज्योति मगर आउदा दर्शकको भिडभाड बढेको हो । ज्योतिको प्रस्तुति हेर्न अरू दिनको तुलनामा सोमबार महोत्सव स्थल भरिभराउ देखिएको थियो ।
कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार भन्ने मूल नाराका साथ देवदह उद्योग बाणिज्य संघले माघ २५ गते देखि आयोजना गरेको महोत्सवमा दर्शकहरुको घुईचो दिनुहु बढ्खीदै गइरहेको छ । महोत्सवमा आउने अधिकांश दर्शकहरुले स्टलमा राखिएका स्थानीय सामाग्री किनमेल गर्नेको समेत घुँइचो बढेको आयोजकले जनाएको छ ।
महोत्सवको पाचौं दिन चर्चित मोडल तथा लोक दोहोरी गायिका ज्योति मगरले आफ्नो प्रस्तुति दिदा छरिएर रहेका दर्शकहरुलाई स्टेचतर्फ आकर्षित भएका थिए । ज्योतिले उहि मुलाको सिन्की उहि मुलाको चाना बोलको गित गाउँदै दर्शकहरुलाई नाच्न प्रेरित गरिन् । ज्योतिले प्रस्तुति दिदा दर्शकहरु नाचेर झुमेर वान्स मोर वान्स मोर भनेर साथ दिइरहेका थिए । ज्योतिले गित गाउँदा मैदानमा ननाचेका कमै दर्शक थिए ।
त्यस्तै अन्य कलाकारहरु लोक दोहोरी गायक दामोदर बस्याल, गायीका रितु थापा र बेली डान्सर बन्दना विश्वकर्मा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।
दर्शकहरुको भिडभाड भएपछि मेलामा आर्थिक कारोबार पनि बढेको आयोजकले जनाएको छ । सोमबार उल्लेख्य मात्रामा टिकट विक्री भएको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक दुर्गा नारायण डुम्रेले बताउनुभयो । मेलामा मुख्य आकर्षणको रुपमा कृषि, बिज्ञान प्रदर्शनी, सवारी साधनहरुको ईन्टल, बाल उद्यान, देवदहमा रहेका प्रमुख पर्यटकीयस्थलको फोटो प्रदर्शनी, स्थानीय जाति विशेषका खाना परिकारहरू र सांस्कृति मन्च तथा राष्टिय स्तरका कलाकारहरु रहेको सांस्कृति संयोजक तेजु अर्यालले बताउनु भयो ।
महोत्सवमा एक लाख दर्शक प्रवेश गराउने र १ करोड बराबरको कारोबार गर्ने आयोजकले अपेक्षा लिएको छ । महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा दर्जन बढि राष्ट्रिय कलाकारदेखि लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न बिधाका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

