'वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया विजयी'

३ वर्ष अगाडि

एजेन्सी । वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया १ सय ६४ रनले विजयी भएको छ । ४ सय ९८ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो पारीमा ३ सय ३३ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि कप्तान क्रेग ब्राथवेटले शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले १ सय १० बनाएर नेथन लियोनको बलमा बोल्ड भए । उनलाई ओपनर टागेनरेन चन्द्रपाउनले ४५ रन बनाएर राम्रो साथ दिए । तर, टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु चम्कन सकेनन् । अन्त्यतिर रोस्टोन चेसले ५५ तथा अल्जारी जोसेफले ४३ रन बनाउँदै टोलीलाई केही बेर सम्हालेका थिए ।

अस्ट्रेलियाका लागि लियोनले ६ विकेट लिए भने ट्राभिस हेडले २ विकेट लिए । अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ विकेटको क्षतिमा ५ सय ९८ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । जवाफमा वेस्ट इन्डिज २ सय ८३ रन बनाएर आउट भएपछि अस्ट्रेलियाले दोस्रो इनिङ्स २ विकेटको क्षतिमा १ सय ८२ रनको स्थितिमा समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा दोहोरो शतक तथा दोस्रो पारीमा शतक बनाएका मार्नस लाबुसेन प्लेअर अफ द म्याच घोषित भए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो