'नवौं राष्ट्रिय देवदह महोत्सव: कृति पौडेल सिङगिङ्ग आईडल र गित आले डान्सिङ्ग आईडल विजेता'

१ वर्ष अगाडि

देवदह । नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को देवदह सिङगिङ्ग आईडलको उपाधी कृति पौडेलले जितेकी छिन् । माघ १० गतेदेखि शुरु भएको नवौ महोत्सवमा १२ जनालाई पछि पार्दै पौडेलले देवदह सिङगिङ्ग आईडलको उपाधी जित्न सफल भएकी हुन् ।

सिङगिङ्ग आईडलको उपाधी जितेसंगै पौडेलले नगद ३० हजार, ट्रफी प्राप्त गरेकी छिन् । ६० प्रतिशत निर्णायकको र ४० प्रतिशत भोटिङको आधारमा पौडेल देवदह सिङगिङ्ग आईडल बन्न सफल भएको सांस्कृतिक संयोजक पिताम्वर खरेलले जानकारी दिए । यसैगरी आकिश काम्मु द्धितिय हुदै नगद २० हजार, ट्रफी प्राप्त गरेका छन भने प्रिन्स कडेल तृतिय हुदै नगद १० हजार र ट्रफी प्राप्त गरेका छन् ।प्रतियोगितामा आदित्य परियार र नरेश सुनार सान्त्वना भएका छन् ।

यसैगरी महोत्सवको डान्सिङ्ग आईडलको उपाधी गित आलेले जितेकी छिन् । अडिसन राउण्डमा १७ रहेकोमा १६ जनालाई पछि पार्दै गित आलेले देवदह डान्सिङ्ग आईडलको उपाधी जित्न सफल भए । उपाधी जितेसंगै आलेले नगद ३० हजार र ट्रफी प्राप्त गरेको रमेश पोखरेलले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा जिया वानीया द्धितिय हुदै नगद २० हजार, ट्रफी प्राप्त  गरेकी छन भने रोशनी पाण्डे तृतिय हुदै नगद १० हजार र ट्रफी प्राप्त गरेकी छिन् । देवदह डान्सिङ्ग आईडलमा समिक्षा नेपाली र एड्रिना क्षेत्री सान्त्वना भएका छन् ।

देवदह डान्सिङ्ग र सिङगिङ्ग आईडलका विजेता, उपविजेतालाई नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले पुरस्कार प्रदान गरेका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने