देवदह। माघ १० गतेदेखि सुरु भएको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा आयोजित लोक नृत्य प्रतियोगितामा न्यू नमुना बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ।
देवदहमा रहेका १५ वटा विद्यालय सहभागी लोक नृत्य प्रतियोगितामा न्यू नमुना बोर्डिङ स्कुलभलुही ले प्रथम स्थान हासिल गरेको हो। त्यस्तै प्रतियोगितामा देवदह बोर्डिङ स्कुल देवदह -७ द्वितीय र देवदह बुद्ध पब्लिक आवासीय माविले तृतीय स्थान हासिल गरेका हुन् ।
प्रथम भएको न्यू नमुना इङलिस बोर्डिङ स्कुलले १५ हजार नगद र प्रमाणपत्र, द्वितीय भएको देवदह इङलिस बोर्डिङ स्कुलले १० हजार नगद र प्रमाणपत्र , तृतीय भएको देवदह बुद्द पब्लिक आवासीय माविले ले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताको संयोजक रमेश पोख्रेलले जानकारी दिनुभयो।
प्रतियोगिताको निर्णायकको भूमिकामा सन्दीप राना र सुन्दर गुरुङ रहनुभएको थियो।मेलाको १० औं दिन आज चर्चित लोक दोहोरी गायक राजु परियार, आधुनिक गायक प्रशान्त गैरे र गायिका सुशीला गौतमको प्रस्तुति रहने सास्कृतिक संयोजक पिताम्बर खरेलले जानकारी दिनुभयो।