'नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला: दर्शक संख्या बढ्दै, विभिन्न प्रतियोगिताहरू जारी'

१ वर्ष अगाडि

देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरु आउने क्रम बढिरहेको छ । महोत्सव अवलोकन गर्द दर्शकहरु दिन प्रति दिन बढिरहेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

महोत्सवमा स्थानीय उत्पादनलाई विशेष छुट सहित प्राथमिकता दिएको उहाले बताउनु भयो । देवदह व्यापार सघको आयोजनामा माघ १० देखि शुरु भएको महोत्सवमा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकडी वृक्ष आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेको महासचिव हरिलाल भण्डारीले जानकारी दिनु भयो ।

कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संयोजक गुरुङ्गले जानकारी दिनु भयो । महोत्सवको ६ लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिव दश करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिइएको छ । महोत्सवमा देवदह सिङगिङ्ग आईडल अन्र्तगत दुईजना बाहिरिएको छ । ८ जनाले आफनो प्रस्तुती राखेको भएपनि दुईजना बाहिरिएको सांस्कृतिक उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिनु भयो ।

यसैगरी महोत्सव अन्र्तगत अन्तर टोल विकास संस्था वीच डोरी तान प्रतियोगिता शुरु भएको छ । खेल संयोजक खेमराज चापागाईको अध्यक्षता र देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा देवदह क्षेत्रमा रहेका १२ वटा टोल विकास संस्थाहरुको सहभागिता रहेको खेल संयोजक खेमराज चापागाईले जानकारी दिनु भयो । प्रतियोगिता अन्र्तगत पहिलो चरणको खेल सम्पन्न भएको छ । खेलमा नमुना हरियाली टोल विकास संस्था, शितलनगर टोल विकास संस्था, केशवमार्ग टोल विकास संस्था, संगम टोल विकास संस्था, प्रेम टोल विकास संस्था, संगमपाल्पाली टोल विकास संस्था दोश्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताका विजेताले नगद १५ हजार, द्धितियले नगद १० हजार र तृतिय हुनेले नगद ५ हजार प्राप्त गर्ने संयोजक चापागाईले जानकारी दिनु भयो । दोश्रो चरणको खेल शनिवार दिउसो १ बजे देखि शुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने