'सिङ्गिङ आइडलमा प्रतिस्पर्धा तिव्र, दर्शकको साथ बढ्दै'

१ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदहमा संचालित ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको सिङ्गगिङ्ग आईडलमा ९ जा छनोट भएका छन् । प्रतियोगितामा १० जनाको प्रस्तुती रहेकोमा एक जना वाहिरीएको सांस्कृतिक उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिनु भयो । चौथो राउण्डको लागि ९ जना छनोट भएको र एक जान तेश्रो राउण्डबाट बाहिरीएको संयोजक खरेलले जानकारी दिनु भयो ।

प्रतियोगिता अन्तर्गत तेश्रो राउण्डबाट सदिक्षा सुनार बाहिरीएको खरेलले जानकारी दिनु भयो । महोत्सवको सातौं दिन सम्म करिव ४० हजार दर्शकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुहर गुरुङले जानकारी दिनु भयो । महोत्सवमा दिद प्रति दिन दर्शकहरु बढ्दै गएको संयोजक गुरुङ जानकारी दिनु भयो। महोत्सवको एक लाखले दर्शकले अवलोकन गर्ने र करिव १० करोडको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा लिएको छ ।

महोत्समा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकडी वृक्ष आकृति, फोटो प्रदर्शनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहको महासचिव हरिलाल भण्डारीले जानकारी दिनु भयो । कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संयोजक गुरुङ्गले जानकारी दिनु भयो ।

महोत्सव अन्तर्गत माघ १७ गते राष्ट्रिय कलाकार संगै स्थानीय कलाकारको समेत बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक खरेलले जानकारी दिनु भयो । माघ १७ गते चर्चित रोईला गायक श्रीष देवकोटा, थारु गायक श्रीराम थारु, लोक गायक खेम थापा, गायिका सिता राना एवं हास्यकलाकार पुर्खे वा को प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना