'देवदह महोत्सव : भजन प्रतियोगितामा हरि कृर्तन भजन समुह प्रथम'

१ वर्ष अगाडि

देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको ९ औंं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा भजन प्रतियोगिता सम्पन्न भएको छ ।

पछिल्लो समय भजन लोप हुदै गएको अवस्थामा त्यसको संरक्षण, सम्वद्र्धन गर्ने उदद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो । संयोजक गुरुङ्गका अनुसार युवा पुस्ताले भजन विर्सदै गएको अवस्थामा युवा पुस्तालाई हस्तान्तरण गर्ने गरी महोत्सवमा भजन प्रतियोगिता आयोजना गरेको बताउनु भयो । प्रतियोगितामा क्षेत्रमा रहेका ९ वटा भजन समुहहरुको सहभागिता रहेको सांस्कृति उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिनु भयो।

प्रतियोगितामा हरि कृर्तन भजन समुह प्रथम, माथागढी एकादशी भजन समुह द्धितिय, नव दुर्गा भजन समुह तृतिय भएको छ । प्रतियोगितामा विजेता बनेको भजन समुहले नगद ७ हजार, उपविजेताले नगद ५ हजार र तृतिय स्थान प्राप्त गर्ने भजन समुहले नगद ३ हजार प्राप्त गरेको संयोजक खरेलले जानकारी दिनु भयो । प्रतियोगिताको राष्ट्रिय कलाकार नारायण लेकाली र भरत क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने