काठमाण्डौं । गाएन रियालिटी शो नेपाल आइडलको उपाधी बर्दियाका करण परियारले जित्न सफल भएका छन्। नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन्।
ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै बर्दियाका करणले उपाधि जितेका छन । फर्स्ट रनरअप सलोमी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भएका छन्।
जित सङ्गै बिजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् भने फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ तथा सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0