'संस्कृतिविद प्रा.डा. प्रेम खत्रीको निबन्ध संग्रह विमोचन'

२ वर्ष अगाडि

काठमाडौं। नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्रीको “समसामयिक निबन्ध संग्रह ” पुस्तक विमोचन गरिएको छ। सम्पदा अनुसन्धान सदनको स्थापना दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच उक्त संग्रहको विमोचन गरियो।

आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा खर्चिएका प्रा.डा. खत्री को विशेष अनुभव तथा नेपालका इतिहास संस्कृती लगायत विविध विषयहरू निबन्ध संग्रहमा समेटिएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विविध क्षेत्रका प्राज्ञहरूले आफ्ना विचार राखेका थिए। कार्यक्रममा डा. मुक्ति सिंह लामा र डा.तारामणि राईले आफ्ना क्षेत्रगत विशेषज्ञतामा आधारित प्राज्ञिक प्रस्तुति गरेका थिए।

सो कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। पछिल्लो समय नेपालमा बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउनको लागि अनुसन्धानरत विद्यार्थीहरूलाई प्राज्ञिक सहायता तथा अनुसन्धानको गुणस्तर विकास गर्नका लागि सम्पदा अनुसन्धान सदनको शुभारम्भ भएको हो।

शोधार्थीहरूलाई पुस्तकालय तथा शोधकार्यका लागि आवश्यक सामग्रीहरूको व्यवस्था अनुसन्धान केन्द्रले गर्दै आएको छ भने विविध तालिम तथा अनुसन्धानमूलक कार्यक्रमहरू समेत गरिने घोषणा स्थापना दिवसमा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी