'देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु'

२ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह नगरपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती सेवा सुरु गरेको छ । देवदह नगरपालिकाको वडा नम्बर ११ मा भएको एकिकृत घुम्ती सेवा को एक समारोहबीच नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल र उप प्रमुख विद्या लक्ष्मी गुरुङले संयुक्त रुपमा सुभारम्भ गर्नु भएको हो ।

एकीकृत घुम्ती सेवामा पालिकाको ११ वटा शाखा बाट प्रदान गरिने सेवा एकीकृत घुम्ती सेवाबाट प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनु भयो । एकीकृत घुम्ती सेवामा आम नागरिकको सम्स्या बुझ्ने र नागरिकलाई सेवा प्रवाह गर्ने गरी कार्यक्रम अगाडि सारेको उहाले बताउनुभयो । सेवाबाट करिब ८०० जना लाभान्वित भएको जानकारी दिनुभयो । जसमध्य आँखा परिक्षण ५५ जनाले, कृषि सेवा ७२ जना, ल्याब १२५ जना, भेटनरी सेवा ९४ जना, जेष्ठ नागरिक ७० जना, आयुर्वेद ६१ जना, नक्सा परामर्श २५ जना, रोजगार शाखा २५ जना र १७१ जनाले स्वास्थ्य परिक्षण गरेको उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले नागरिकलाई सेवामा सहजता प्रदान गर्नका लागि शिविर सञ्चालन गरेको बताउनु भयो । उहाले एकीकृत घुम्ती शिविरले प्रशासन र नागरिकलाई जोड्ने काम गर्ने बताउनुभयो । यो पहिलो प्रयास भएको र आगामी दिनमा अन्य वडामा पनि सञ्चालन गरिने उहाले बताउनुभयो ।

देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत बाट सुरु भएको कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नं ११ को वडा अध्यक्ष दुधनाथ यादव लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

यसरी पालिकाबाट पाइने सेवाहरु गाउँघरमै गएपछि वडाका नागरीकहरु खुशी भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना