'‘क्यान्सरको कालो’विरुद्ध उज्यालो: पुस्तक विक्री अभियान'

२ वर्ष अगाडि

रुपन्देही । नेपालको मध्य भागमा रहेको पवित्र भूमि लुम्बिनी र दाउन्नेदेवीको काखदेखि करीव ३५ किलो मिटर पश्चिममा पर्ने रुपन्देही जिल्ला अन्तर्गत गौतम बुद्धको मावलीस्थल देवदह नगरिमा माघ २५ गते देखी आयोजित आठौं औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०८० सञ्चालन भइरहेको छ। महोत्सवको प्रांगणमा ‘क्यान्सरको कालो विरूद्ध उज्यालो’ लेखिएको ब्यानरमा केहि युवाहरू पुस्तक विक्री गरिरहेका देखिन्छन् ।

सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणर्थ “समाजको पारदर्शीता, साहित्य र पत्रकारीता” भन्ने मुल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगका विरुद्ध लडिरहेका एक योद्धा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह महोत्सवमा “सपनाका लहरहरू-२” कृति विक्री अभियान संचालन गरेको छ ।

काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेको र क्यान्सरसँग लड़िरहदा अस्पतालको बेडबाटै उनले लेखेको पुस्तक सपनाका लहरहरू-२ प्रकाशित भएको थाहा पाएपछि कवि न्यौपानेलाई सानो नै भएपनि सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले पुस्तक विक्री अभियान संचालन गरिएको प्रतिष्ठानका अध्यक्ष सागर भट्टराईले बताउनुभयो ।

शुक्रबारदेखि सुरू गरिएको अभियानमा ७० वटा पुस्तक विक्री भएको र १२० वटा पुस्तक विक्री गरि सबै रकम कवि न्यौपानेको उपचारको लागि पठाईने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

प्रतिष्ठानका संस्थापक अमृत लम्साल (स्वतन्त्र नेपाल)ले जीवनको कठिनभन्दा कठिन समयमा पनि एउटा कविले कसरी आफुलाई सम्हाल्छ र सपनाहरू बुनिरहन्छ भन्ने उदाहरण कवि न्यौपाने रहेको र उनलाई सहयोग गर्नु हामी सबैको दायित्व हुने बताउनुभयो ।

पुस्तकको मूल्य ५०० रहेको र ईसेवाबाट भुक्तानी गरेको अवस्थामा पनि प्रतिष्ठानका सदस्यले पुस्तक हातमा पुर्याईदिने अभियानले जनाएको छ ।

२०७३ सालमा स्थापना भएको उज्यालो लालटिन प्रतिष्ठानले देवदहमा एम्बुलेन्स संचालन गर्नुका साथै विभिन्न सामाजिक कार्यमा आफुलाई सक्रिय गराउदै आएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी