'देवदहमा माघ २५ गते देखि औद्योगिक व्यापार मेला हुने'

२ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा औद्योगिक व्यापार मेला हुने भएको छ । देवदह उद्योग वाणिज्य संघको आयोजनामा आउदो माघ २५ गतेदेखि फागुन ८ गतेसम्म आठौँ राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव देवदह-९ स्थित देवदह मण्डपमा महोत्सव संचालन हुने भएको हो । बुधबार देवदहमा पत्रकार सम्मेलन गर्दै संघले महोत्सवको आयोजना र यसको तयारीबारे जानकारी गराएको हो ।

१४ दिनसम्म चल्ने महोत्सवमा मेलामा स्थानिय कृषि उपज सहित पालिकामा भएका धार्मिक, पर्यटकीय तथा स्थानिय उत्पादनको प्रर्दशनी, परम्परा तथा संस्कृति झल्कने विभिन्न जातजाती भाषाभाषिको झाँकि एवं कला प्रर्दशनी, पुरातात्विक तथा धार्मिक स्थलको चिनारी सहित बाल उद्यान, इलेक्ट्रिक इलेक्ट्रोनिक सामानहरु, शैक्षिक, बैंक तथा वित्तिय संस्था, फर्निचर लगायतका स्टलहरु रहने संघका अध्यक्ष हरि भण्डारीले बताए । मेलामा १५० स्टल रहने, १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने लक्ष्य लिईएको अध्यक्ष भण्डारीले बताए ।

मेलामा यस पटक देवदह टुर प्याकेज, हात्ती सफारी र रथ यात्रा समेत हुने आयोजकले जनाएको छ। मेलामा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तलाई नि:शुल्क, विद्यार्थिलाई ६० र अन्यलाई ८० रुपैयाँ टिकट दर कायम गरिएको छ।

महोत्सवबाट देवदहको कृषि, घरेलु औधोगिक प्रर्वद्धन संगै पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य आयोजकको रहेको छ । महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने आयोजकले जनाएको छ । साथै महोत्वसमा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी