'कोलुवा कृषि सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा सम्पन्न'

२ वर्ष अगाडि

देवदह // कोलुवा कृषि सहकारी संस्था देवदह–५, को नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमिला सेढाईको अध्यक्षता र देवदह नगरपालिका–५, का वडाअध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले श्रम गर्ने वानीको विकास नहुदा कृषि उत्पादन बृद्धि हुन नसकेको बताएका थिए । उनीहरुले कृषि वालीलाई नगदी वालिकाको रुपमा परिणत गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले कृषकहरुले उतपादन गरेको कृषि वस्तुको बजारीकरण नहुदा कृषकले उत्पादन गरेका कृषि उपजको विक्रिमा समस्या भएको बताएका थिए । उनीहरुले कृषकहरुले सामुहिक कृषि प्रणालीलाई आत्मसाथ गर्न सकेमात्र उत्पादन बृद्धि गर्न सकिनेमा जोड दिएका थिए । उनीहरुले कृषकहरुले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन नसकेकोमा दुखेसो पोखेका थिए । उनीहरुले कृषिमा आत्मनिर्भर बन्नको लागि उत्पादन बृद्धिमा जोड दिन आवश्यक रहेको औल्याएका थिए । सोही अवसरमा बोल्दै नगर प्रवक्ता डुम्रेले कृषिको विकासकाो लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गर्नु भयो । उहाले नगरपालिकाले कोलुवा क्षेत्रलाई मकै पकेट क्षेत्रको रुपमा घोषणा गरेर अगाडि बढिरहेको बताउदै कृषि उत्पादनलाई विशेष जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा देवदह नगरपालिका कृषि शाखाका सुस्मिता गौतम, जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपाने, साना किसान कृषि सहकारीका नविन न्यौपाने, देवदह दुग्ध उत्पादक सहकारीका बलराम शर्मा, संस्थाका पुर्वअध्यक्ष चक्रपानी न्यौपाने, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, अनुग्रह कृषि सहकारी संस्थाका अर्जुन खनाल, पानवारी महिला वाख्रा पालन समुहका माया सापकोटा, श्याम अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सेढाईले बार्षिक प्रतिवेदन, सचिव मिना भट्टराईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नरबहादुर रिंजालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सदस्य मिरा भण्डारीको स्वागत र सचिव मिना भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना