'लम्पी स्किन रोगको रोकथामको लागि प्राविधिक र कृषकबिचको अन्तरक्रिया गोष्ठी सम्पन्न'

३ वर्ष अगाडि

हेटौँडा // भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरले लम्पी स्किन रोगको रोकथामको लागि प्राविधिक र कृषकहरु बिच अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, मकवानपुरका कार्यलय प्रमुख डा. ब्रज किशोर ठाकुरको अध्यक्षता र कृषि तथा पशुपन्छी विकास मन्त्रालय वागमती प्रदेशका सचिव डा. शरण कुमार पान्डेको प्रमुख आतिथ्यतामा जनप्रिय प्राविधिक शिक्षालयको शभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै लम्पी स्किन रोगबारेको जनचेतना एक किसानले अर्को किसानसम्म पुर्याउन उहाँले आग्रह गर्नुभयो। किसानको पशुधन क्षति भएकोप्रति दुःख व्यक्त गर्दै क्षतिपूर्ति र राहतका विषयमा सङ्घीय सरकारले नै कार्यविधि तयार गरिरहेको उहाँले बताउनुभयो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. बज्रकिशोर ठाकुरले खोप अभियान तीव्र गतिमा सञ्चालन गरिएपछि गाईभैँसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर घट्दै गएको बताउनुभयो। उहाले रोग नियन्त्रण गर्न जिल्लाका दश स्थानीय तहमा उपलब्ध गराइएको सात हजार डोजमध्ये तीन हजार ९२५ डोज खोप लगाइएको जानकारी दिनुभयो।डा. प्रदिप बर्तौलाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पशु सेवा अधिकृत डा. विमोचन पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. गौरिमान श्रेष्ठ तथा प्रदेश दुध विकास वोर्ड, बागमती प्रदेशका उपाध्यक्ष टीका बल्लब सापकोटा, विधालयका शिक्षक , विद्यार्थी तथा कृषकहरुको सहभागी रहेको थियो। उक्त कार्यक्रम प्रदिप सापकोटाको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना