काठमाडौं । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ। समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको हो।
कृषि विभागका अनुसार चालु आर्थिक वर्षमा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकोमा असार १३ गतेसम्ममा १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको हो।
गत वर्षको असार १० गते १७ प्रतिशत भुभागमा रोपाइँ सकिएको थियो। मनसुन सक्रिय भइ नसकेकाले कतिपय ठाउँमा रोपाइँ सुरु हुन नसकेको विभागको भनाई छ । यस वर्ष लुम्बिनी प्रदेशमा ११.०९ प्रतिशत, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २३ प्रतिशत, कोशी प्रदेशमा १७ प्रतिशत रोपाइँ भएको छ। यसैगरी गण्डकी प्रदेशमा ६।८९ प्रतिशत, बागमती प्रदेशमा ५ र मधेशमा ३ प्रतिशत रोपाइँ भएको जनाइएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0