'किसान महासंघद्वारा रोपाई गरि धान दिवस मनाउदै'

३ वर्ष अगाडि

तिलोत्तमा । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ रुपन्देहीले धान दिवसको अवसरमा तिलोत्तमाको भलवारीमा स्थानीयको खेतमा रोपाई गरेर मनाएको छ।
असार १५ को दिन किसानहरुले धान दिवसको रुपमा मनाउदै आएको छ। मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा रहेको यो दिन किसानको लागि महत्त्वपूर्ण दिन हो।

कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले किसानका मुद्दा प्रती सरकार गम्भीर नभएको बताउनु भएको थियो । सोही कार्यक्रम बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले कुरामा भन्दा काममा जोड दिनुपर्ने बताउनुभएको थियो।

एमाले प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभाका सदस्य बासुदेव घिमिरेले किसानका समस्या निरन्तर उठान गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभएको थियो।

किसान महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका विभिन्न कमिटीमा आवद्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना